रडले टाउकोमा लागेर उपचारको क्रममा धरानको घोपामा १ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धनकुटाको सागुरिगढी गाउँपालिका-३ स्थित रघुवा खोलाको निर्माणाधिन पुलमा काम कार्ने क्रममा रडले टाउकोमा लागि १ जना मजदुरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर तुम्बेवा गाउँपालिका-२ का ४० बर्षीय मदन मगर रहेका छन् ।

दिउँसो साढे ३ बजे पुलमा काम गर्ने क्रममा अचानक पुलबाट रड खसि टाउकोमा लाग्दा घाईते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर