पत्रकारलाई कार्यलय बोलाएर मेयर साम्पाङले गरे दुव्र्यवहार

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानका मेयर हर्कराज राई (साम्पाङ) ले पत्रकार सन्जिता धमलालाई कार्यलय बोलाएर दुव्र्यवहार गरेका छन।

शुक्रबार करिव १२ बजे मेयर साम्पाङको आह्वान पछि कार्यकक्ष पुगेकी पत्रकार धमलामालाई नेपाल प्रहरी र नगर प्रहरी बोलाएर बाहिर निकालिएको थियो।

केही दिन अगाडि जिल्ला प्रहरी कार्यलय सुनसरीको आयोजना भएको नागरिक सुनुवाइ कार्यक्रममा पत्रकार धमालाले भष्टचारको गुनासो धेरै आएको र कार्वाही गर्ने मेयरलाई आग्रह गरेकी थिइन् । 

त्यही विषयलाई लिएर मेयर साम्पाङले आफ्नो फेसबुकमा बारम्बार स्टाटस लेख्दै पत्रकार धमलालाई आह्वान गरेका थिए ।

Picsart_24-07-05_16-26-53-989

बारम्बार आफ्नो नाम लिएर स्टाटस लेखेर ब्यक्तिगत चरित्रहत्या गरेको भन्दै पत्रकार धमलाले मेयर साम्पाङलाई गुनासो व्यक्त गरेको थिइन् ।

त्यही विषयलाई लिएर मेयर साम्पाङ र पत्रकार धमाला बिच चर्चाचर्की हुनु पुग्यो । 

त्यस पछि पत्रकार धमलामालाई नेपाल प्रहरी र नगर प्रहरी बोलाएर बाहिर निकालिएको थियो।