लागुऔषध सहित १३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-४ र ५ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित ३ जना र झापा, मोरङ र उदयपुर जिल्लाबाट समेत ब्राउनसुगर र निषेधित औषधी सहित १० जना पक्राउ परेका छन । 

लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा हिजो राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-४ का ३३ बर्षीय खेम राना मगर र धरान-१५ का २६ बर्षीय सुरज देवानलाई नियन्त्रित औषधी ५ हजार ७ सय ६ क्याप्सुल र  ४ सय ३८ ट्याब्लेट, विसकफ ३ बोतल, गाँजा २ किलोग्राम र नगद ४६ हजार ५० रुपैँया सहित पक्राउ गरेको हो ।

यसै गरी मोरङको केराबारीका २८ बर्षीय मिलन राईलाई ट्रामाडोल, स्पास्पेन, कोलिबिन र डिकोलिक गरी १ हजार १ सय ३३ क्याप्सुल  सहित अस्थायी प्रहरी पोष्ट देउराली धरानले र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले विर्तामोड-६ का १८ बर्षीय सौगात लिम्बु, विर्तामोड-५ का १९ बर्षीय भविष्य खरेल र अर्जुनधारा-३ का २८ बर्षीय डेनिस प्रधानलाई ट्रमाडोल-९ सय क्यापसुल सहित नियन्त्रणमा लिएको छ भने दमक-५ की २० बर्षीया नेहा बासफोरलाई निषेधित औषधी १५ एम्पुल सहित इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT  र प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-५ का ३२ बर्षीय भक्त बहादुर अधिकारी र उनको श्रीमती ३० बर्षीया बिमला कार्कीलाई ६ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ ।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाटको प्रहरी टोलीले धनकुटा साँगुरीगढीका २८ बर्षीय सन्दिप मगर र ३२ बर्षीय सबिन सुब्बालाई १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल र स्पास २५ चक्की सहित पथरी पथरीशनिश्चरे-३ का २४ बर्षीय सम्भु लिम्बुलाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१० का ३९ बर्षीय श्याम मगरलाई ब्रुफिनोर्फिन, फेनार्गन र डाईजेपाम १८ एम्पुल सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर