मिसेस धरान आइकन २०२४ को प्रथम अडिसन सम्पन्न
समाचारदाता : गोपाल पौडेल
धरानए मिडिया : एल एन सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित पहिलो मिसेस धरान आइकन २०२४ को प्रथम अडिसन सम्पन्न भएको छ ।
असार २२ गते शनिबार हाङकुक साराङ कोरिया रेस्टुरेन्ट धरान-९ मा प्रथम अडिसन सम्पन्न भएको हो ।
अडिसनमा विवाहित, डिभ्रोस र एक्कल आमाको सहभागी र उमेर २० देखि ४५ वर्ष मापदण्ड राखिएको थियो र सोही अनुसार अडिसनमा जम्मा २५ जनाको सहभागी रहेको थिए।

कार्यक्रम होप धरानका अध्यक्ष निस्चल पलिखेले संचालन गरेका थिए भने निर्णायकमा सरिता न्यौपाने, लिला थापा, चद्रकला लिम्बू शाक्य, सुस्मिता सायोक लिम्बू र करिस्मा प्रधान रहेका थिए ।


त्यस्तै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै एल एन सि मोडेल एजेन्सी प्रा.लि का सि.ई.ओ दिपक गिरिले उक्त कार्यक्रम समापन गरेका थिए। उनले सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यहि आउने शनिबार असार २९ गते दोस्रो अडिसन हुने पनि जानकारी दिएका थिए ।

कार्यक्रममा सुनौलो सक्षम महिला समुहका अध्यक्ष साहारा गुरुङ, रिलाएबाल लाईफ इन्स्योरेन्स धरान शाखाका एजेन्सी मेनेजर गिता निरौला श्रेष्ठ, सचेत धराने समुहका सदस्य सिमा राई, सफल व्यावसायिक/ ईभेट कोडिनेटर बिबिस्का भट्टराईको उपस्थिति रहेको थियो ।





















