कोठा भाडामा लिई अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न ६ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका- ३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका-१ का २५ बर्षीय रन्जित कुमार यादब, बिराटनगर-१६ का ३० बर्षीय जनार्दन यादब, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन ।

असार १९ गते अपरान्ह बिराटनगर-१५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा मोवायल १६ थान, बिभिन्न बैंकको ATM -४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १९ थान, बिभिन्न बैकको चेक २८ थान, बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर