पूर्ण राई एण्ड द दाजुभाइहरुकाे स्पर्श संगीत सार्वजनिक

समाचारदाता : सन्देश तिमल्सिना

धराने मिडिया : पूर्ण राई एण्ड द दाजुभाइ ब्यान्डले नयाँ गीत आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेको छ । 

ब्यान्डले शनिबार ब्यान्डकै शब्द संगीतमा रहेको स्पर्श संगीत गित सार्वजनिक गरेको हो । पूर्ण राई को शब्द संगीतमा रहेको उक्त गीत उनले आफ्नै ब्याण्डमार्फत सार्वजनिक गरेका हुन्।  

भिडियोमा आमा र छोरा बीचको माया सद्भावलाई देखाइएको छ साथै धरानमा भएका युवाहरूका गतिविधिलाई भिडियोमा देखाइएको छ । 

धरानमा भएका युवाहरू कसरी कुलतमा फस्छन्, कसरी लागूदुर्वेसनमा फस्छन् भन्ने कुरालाई समेत झल्काइएको छ ।

 उक्त गीतसंगीतकाे ड्रममा सुमेक योन्जन गितारमा सुसन कार्की बेस गितारमा दिगोस राई रहेका छन् । पूर्ण राई एण्ड द दाजुभाईहरू ब्यान्ड धरानकै ब्यान्ड हो। 

उक्त ब्यान्ड अहिलेको युवा पुस्ताहरूमाझ एकदमै लोकप्रिय ब्यान्ड रहेको छ ।  ब्यान्डले धरान सँगसँगै धरानभन्दा बाहिर विभिन्न ठाउँ तथा देशहरूमा समेत धरानलाई चिनाउँदै कार्यक्रमहरू गर्दै आइरहेको छ ।