स्काउटका प्रशिक्षकहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङ, झापा र सुनसरीका नेपाल स्काउटका प्रशिक्षकहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धि प्रशिक्षण दिईएको छ । 

नेपाल स्काउट विराटनगर ओपन स्काउट क्रृयुले आयोजना गरेको लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा मोरङ, झापा र सुनसरीका ५५ जना स्काउट प्रशिक्षकहरु सहभागी भएका थिए । 

उक्त प्रशिक्षणमा कोशी प्रदेश प्रहरी विराटनगरका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले प्रमुख प्रशिक्षकको रुपमा सहभागीहरुलाई लागुऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

लागुऔषध दुर्व्यसनबाट व्यक्ति तथा समुदाय नै प्रभावित हुदैँ गईरहेको परिप्रेक्ष्यमा स्काउट प्रशिक्षकहरुले प्रशिक्षण लिई स्थानीय विद्यालयमा गई लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना कक्षा सञ्चालन गरिने स्काउट आयोजकले जनाएको छ । 

उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर ईन्दिरा निराला कार्कीको प्रमुख आतिथ्यता र स्काउटका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

b07b991d-e860-4812-b962-d8fa59280fab