धरान-१३ अमरहाटबाट लागुऔषध सहित पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

झापाको बिर्तामोड नगरपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक-४ का २३ बर्षीय एलिन दर्नाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले हल्दिबारी-२ बाट को. ५ प ८४३९ नम्बरको मोटरसाईकल चालक २९ बर्षीय दिपक राजबंशीलाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । 

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान-१३ का २१ बर्षीय दिपेश जैसवाल र धरान-१५ का १९ बर्षीय किसान क्षेत्रीलाई ट्रामानिल २३ क्याप्सुल र नगद २८ हजार ४ सय रुपैँया सहित पक्राउ गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले कटहरी- १ का २२ बर्षीय सुरज मुखियालाई ७ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर