धरान-११ र धरान-४ का दुई युवा सहित लागुऔषधमा ४ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सुनसरीको धरान-११ स्थितमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ का २२ बर्षीय सागर बिश्वाकर्मा र धरान-४ का २० बर्षीय युनिका श्रेष्ठलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट नियन्त्रित औषधी स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । 

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले बिराटनगर-१५ स्थितबाट बिराटनगर-६ का १९ बर्षीय रामु बिश्वाकर्मा र उर्लाबारीका १९ बर्षीय भिम कटेललाई एभिल डाईजेपाम्प, लुपिजेसिक, फेनारगन ८ एम्पुल र नाईट्रभेट ३० ट्याब्लेट सहित  नियन्त्रणमा लिएको हो । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर