धरान-१५ का ३५ बर्षीय तामाङ सहित लागुऔषधमा ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर