धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे  सञ्चालनमा 

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।  युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । 

करिव दूइ करोडको लगानीमा सुब्बार्ले  देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन्  । 

माछाफार्र्म सहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन । खोलाको वगरमा रमाउन चाहाने हरुका लागी  क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । 

3901be24-6742-4165-affa-16ede72cc318

स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ । 

होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन । 

होटल सञ्चालनमा आए सगै सो क्षेत्रमा पर्यटकहरुको आगमन समेत बढ्नुका साथै अर्थतन्त्र चलायामान हुुने युवा नेता रवि राईले वताए  । साथै उनले सो क्षेत्रमा उत्पादन हुने अर्गानिक साग सब्जीको बजार समेत विस्तार हुने वताए ।

1c8b1a36-5836-4a4e-ac6f-b618820851b5