मिसेस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : एल एड सि मोडेल एजेन्सी प्रा.लिद्वारा आयोजित मिसेस धरान आइकोन २०२४ को दोस्रो अडिसन सम्पन्न भएको छ ।

२०८१ असार २९ गते धरान-१३ स्थित "थि धरान भिउ" रेस्टुरेन्टमा जम्मा १० जनाको सहभागी भएको उक्त अडिसन कार्यक्रमको प्रस्तोता पासाङ मोक्तानले गरेका थिए ।

अडिसनमा निर्णायकमा सामाजिक अभियानता रिता खापुङ, जुनास फिटनेसका सि.ई.ओ जुना राई, महिला संजाल धरानका पुर्व अध्यक्ष शिला बज्राचार्य, लायन्स क्लब (३२५) सि का (Regional Chairperson) एक्ता श्रेष्ठ र व्यावसायिक जुमा राई रहेका थिए ।

aea14b1a-498b-4178-a8b6-f2feedd58f7a

२५ जनाको सहभागीमा गत शनिबार असार २२ गते भएको पहिलो अडिसन र आज असार २९ गते शनिबार भएको दोस्रो अडिसनको एकै साथ भोलि असार ३० गते दिउसो नतिजा प्रकाशित गर्ने आयोजकले जानकारी दिएका छन। 

कार्यक्रममा एल एड सि मोडेल एजेन्सीका सि.ई.ओ दिपक गिरिले आफ्नो शुभकामना मन्तव्य दिदै कार्यक्रमको समापन गरेका थिए । उनले सो मन्तव्यमा मोडेलिङ भनेको छोटो लुगा लगाउनु मात्र नभएको र आफ्नो सस्कृतिक पोसाकमा पनि मोडेल गर्न सकिने बताएका थिए ।

f13756e3-8c10-4998-b8a4-896fbcf0077f

कार्यक्रममा सक्षम सुलौलो महिलाको अध्यक्ष सारा गुरुङ, साथ सहयोग समर्थन नेपालको सस्थापन अध्यक्ष रचना घिमिरे, समाजसेवी तथा युवा नेता सम्राट श्रेष्ठ, आइ.एम.ई लाईफ इन्स्योरेन्सका एजेन्सी मेनेजर दुर्गा श्रेष्ठ राई र फेस अफ पुर्व २०२४ को फस रननर अप सोचना तामाङको उपस्थिति रहेको थियो ।

a143fb2e-fda1-498b-8d1c-33fea351034f9aa723be-ecea-4924-ada2-a02b2ae5ce0e