आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उरीक्षक भीम बहादुर दहालले आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन तथा कार्यरत प्रहरी कर्माचारीलाई आवश्यक निर्देशन दिएका छन।

अवलोकनको क्रममा दहालले सुधार केन्द्रको संरचना तथा उपचाररत सदस्यहरुलाई दिईने सेवा सुबिधाको बारेमा सुधार केन्द्रका पदाधिकारी तथा सदस्यहरुसंग आवश्यक छलफल तथा अन्तरकृया गरेका थिए।

यसैगरी केन्द्रमा कार्यरत प्रहरी कर्माचारीलाई उपचाररत सदस्यहरुलाई सौहार्दपुर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्न आवश्यक सहयोग पुर्‍याउनुका साथै उपचाररत सदस्यहरुको सुरक्षालाई समेत बिशेष ध्यान दिन निर्देशन दिएका छन।

42df2c9f-3af2-43a1-9ead-b5f60d5371f9

सोही क्रममा दहालले जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चताराको आकस्मिक निरीक्षण भ्रमण तथा अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए।

उनले प्रहरी कर्मचारीहरुलाई आ-आफनो जिम्मेवार एरिया इलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन र बर्षायाममा हुने बाढी पहिरो जस्ता बिपदमा उद्धार कार्यको लागी तयारी अवस्थामा रहन निर्देशन दिएका छन।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर

6ad1a44e-e39f-4fa8-88e0-01f2de6624f4