२ बजे भनिएको बैठक ५ बजे सुरु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान उपमहानगरपालिकाको आज असार ३० गते २ बजे भनिएको कार्यपालिका बैठक ५ बजे सुरु भएको छ । 

३ घण्टा ढिलो सुरु भएको बैठकमा मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुख सहित सचारकर्मीको उपस्थित रहेको छ ।

जम्मा ११ वटा महत्त्वपुर्ण बुदामा विशेष छलफल आजको बैठकमा रहने छ ।

बैठकको सुरुवात धरानका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले गरेका थिए ।

बैठकको सुरुवातमा कार्यपालिका सदस्यले पुरानो बैठकमा भएका निर्णयहरु सुन्ने माग गरेपछि पुराना बैठकका भएका निर्णयहरु वाचन गरिएको थियो ।