द डान्स गाडेनद्वारा "होलिडे क्याम्प सिजन-२" आयोजना हुँदै

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान विगत लामो समय देखि नृत्य क्षेत्रमा नाम कमाउन सफल द डान्स गाडेनले साउन १ गते देखि २० गते सम्म होलिडे क्याम्प आयोजना गर्ने भएको छ ।

बालबालिकामा लुकेको प्रतिभालाई निखार्न द डान्स गाडेन धरानले होलि डे क्याप सिजन-२ कार्यक्रम आयोजना गर्ने भएको हो ।

साउन १ गते देखि सुरु हुने क्याम्पमा धरानका स्कुलका विद्यार्थीहरुलाई लक्षित गरिने डान्स गाडेनका निर्देशक प्रबिन भुजेलले बताए ।

उनले भने हरेक विद्यार्थीहरुको आ-आफ्नो क्षमता र रुचि हुन्छ र त्यहि अनुरुप रुचि र क्षमता उजागर गर्ने एउटा अवसरको रुपमा यो होलिडे क्याम्पलाई लिन सकिन्छ ।

यस कार्यक्रममा नृत्य, संगीत, चित्रकला, टेक्वान्डो, उद्घोषण कला, सुउमिङ, भलिबल , बास्केटबल तथा अरु विविध तालिम हुने छ भने कार्यक्रम अबधि भरी खाजाको व्यवस्थापन समेत गरेको छ ।

कार्यक्रम साउन १ देखि १५ सम्म हुने छ भने यस्को समापन भने साउन १९ गते गरिने छ । यस कार्यक्रममा विविध बिषयको ख्याती प्राप्त प्रशिक्षकहरुद्वारा तालिम दिइनेछ ।

कार्यक्रम धरान १३ जिरो प्वाइन्ट द डान्स गाडेनको कार्यकक्ष भवनमा हुने छ भने कार्यक्रमको संयोजक नृत्य निर्देश्क प्रबिन भुजेल रहेका छन ।