धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न रहेका श्रीमान श्रीमती पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया :  मोरङबाट धारिलो हतियार प्रहार गरी हत्यामा संलग्न रहेका श्रीमान श्रीमती पक्राउ परेका छन। 

२०८१ असार २७ गते जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका वाड नं. १ स्थित कुमारगाँऊमा ऐ. वडा नं.९ बस्ने वर्ष अं. ४९ को सहदेव बजगाईको कुखुरा फर्ममा टाउकोमा प्रहार गरेको अवस्थाको निज सहदेव बजगाईको मृत लाश फेला परेको थिए। 

घटना सम्बन्धमा अनुसन्धानको क्रममा सोहि फर्ममा काम गर्ने मानिसहरु खोजतलास गर्ने क्रममा फरार रहेका जिल्ला मोरङ उर्लाबारी न.पा.- ४ हाटखोला घर भई उक्त कुखुरा फर्ममा काम गर्ने वर्ष ३६ को छिरिङ भन्ने सुनिल तामाङ र निजको श्रीमती वर्ष ३३ की प्रनिसा पाँचकोटीलाई नियन्त्रणमा लिईलिएको थियो। 

पक्राउ गरी अनुसन्धान गर्दा मिति २०८१।०३।२६ गते राती अं.१०:३० बजेको समयमा निजहरूले सहदेब बजगाईको टाउको र शरिरको अन्य भागहरुमा बन्चरो र फलामको दाउ प्रहार गरी मारी फरार भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। 

पक्राउ परेका निजहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट  थप अनुसन्धान कार्य भईरहेको ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर