पेट्रोलको मूल्य बढ्यो, बिक्री मूल्य येस्तो

समाचारदाता : गोपाल पौडेल

 धराने मिडिया : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी, वीरगञ्ज र भलवारी अब पेट्रोल प्रतिलिटर १६८.५० रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर १७० र  काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १७१ रुपैयाँ मूल्य कायम भएको छ ।