धरानमा चलचित्र "चारकलम" को शुभ मुहूर्त सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : लिम्बु संस्कारमा आधारित नेपाली कथानक चलचित्र चारकलमको धरान-७ स्थित वाईट हाउसको भवनमा शुभ मुहूर्त सम्पन्न भएको छ।

श्रवान १ गते भएको सो कार्यक्रमको उद्घोषक निर्देशक तथा निर्माता विजय साम्योङ लिम्बुले गरेका थिए।

शुभ मुहूर्त कार्यक्रमको उदघाटनमा कलाकार सक्र्मान अन्सारीले क्याप गरेका थिए भने नरिवाल कलाकार हिमाल दाहालले फुटाएको थिए।

e38a4849-6391-4c8d-8a50-e1f73a52087e

कार्यक्रममा आफ्नो मन्तव्य दिदै विषेश अतिथि कलाकार तथा निर्माता किशोर सम्वाम्फेले शुभकामना दिएका थिए। उनले भने "जति काम गर्नु छ क्यामेरा भित्रै गर्नुपर्छ किनभने क्यामेरा भनेको दर्शक हो।"

त्यस्तै गरि कार्यक्रममा प्रमुख अतिथि रहेका कोशी प्रदेश चलचित्र कर्मी संघका अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र निर्माण टोलिलाई सफलताको शुभकामना थिएका थिए।

कार्यक्रमको अन्त्यमा आफ्नो छोटो भनाई राख्दै यस चलचित्रका निर्माता सागर सिगलले आफ्नो टोली र आफ्नो तर्फबाट धन्यवाद व्यक्त गर्दै शुभ मुहूर्त कार्यक्रम सम्पन्न गरेका थिए। 

5b8f9718-fdef-4f32-b3ad-cdb6054a3cf2

चलचित्र म्याङ्गलुङ्गदेवी फिल्मस धरानको व्यानरमा निर्माण हुदैछ भने प्रस्तुति पृथ्वी सासन कानुन लिम्बुको रहेको छ। 

त्यस्तै कलाकारहरु सानुबाबु सुब्बा, रजनि लिम्बु, खगेन्द्र थलङ, सलिना चुङ्भाङ, सुवास अङधन्वो, सुलोचना, वृद्रिमाया लिम्बु, उदय लावति, भिम तिगेला, जय प्रकास तिगेला, थान हाङ तिगेला, रिमा राई, मङगला लिम्बु, सावित्रि मेनेङ्वो, चन्द्र लिम्बु (नुमाफुङ), गंगा बरदान, ईनुसा लिम्बु, जङ्गे, पृथ्वी लिम्बु, युङ्सा लिम्बु ईआदि रहेका छन।

63eb0449-15ab-445f-b3d4-33dce0a95060