कुटपिटबाट बालकको मृत्यु, आरोपमा पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । 

हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए ।

घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।