सञ्चारकर्मी सञ्जिता धमला आक्रमण  प्रकरणमा धरानबाट थप एक जना महिला पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सञ्चारकर्मी सञ्जिता धमला आक्रमण  प्रकरणमा धरानबाट थप एक जना महिला पक्राउ परेका छन् ।

आज विहानै प्रहरीले धरान १८ बाट सृजना बेघालाई पक्राउ गरेको हो । हिजो बीपी हस्पिटलको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको धमलाको दाबी छ।

त्यस्तै हिजो बुधवार दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रामक गरेको आरोपमा ५ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेका पाँच महिलाहरुलाई तत्कालै जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो । पक्राउ पर्नेमा चन्द्रकला थेवे, मुना राई, प्रमिला राई, सर्मिला राई र फुलमाया मगर रहेका छन।

प्रहरीले अनुसन्धानको लागि वीपी प्रतिष्ठानबाट सिसिटिभी फुटेज पनि लिएर गएको छ ।

a92e9b2e-c2b8-4b51-b866-076d629ce732