धरानमा बोलबमको रौनक सुरु, पहिलो सोमबार नै भक्तजनहरुको घुईचो

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : साउनको पहिलो सोमबार धरान-१४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ ।

करिब ४२ वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको हो। 

4eac97e9-7c76-4327-97c6-fe9df9d9a99e

पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पुर्‍याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ ।

भक्तजनहरुको विश्वास प्रगाढ बन्दैगएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ ।

भक्तजनहरुलाई धरानका विभिन्न संघसंस्थाहरुले निःशुल्क पानी, स्वास्थ्य शिविर, फलफुल वितरण र खाजा पनि वितरण गरिरहेका छन् ।

ae61ead4-02e0-4bb6-8a8c-45cb4b45ff94