मारवाडी महिला संगठनको २१ औ स्थापना दिवस, धरानमा बृक्षारोपण कार्यक्रम

समाचारदाता : भरत राज शर्मा (गोपाल)

धराने मिडिया : नेपाल राष्ट्रिय मारवाडी महिला संगठनको २१ औ स्थापना दिवसको शुभ-अवसरमा मारवाडी महिला मंच धरानले बृक्षारोपण कार्यक्रम गरेको छ।

उक्त बृक्षारोपण कार्यक्रम धरान १५ स्थित रहेको ज्ञानचक्षु विद्यालय परिसरमा गरिएको हो । मंगलबार बेलुका ४ वजेबाट मारवाडी महिला मंचकि अध्यक्ष रेखा अग्रवाल सचिब पूजा अग्रवाल रतेरिया लगायतका पदाधिकारीहरुको उपस्तिथिमा २१ वटा बिरुवा रोपिएको थियो ।

जहाँ, निम, बेल, अम्ला, तेजपात र धुपी, सुपारी, वदाम, अम्बक लगायत जातका बिरुवा रोपेको मारवाडी महिला मंचकि सचिब पुजा अग्रवालले जानकारी दिईन । 

सामाजिक कार्यमा निकै नै सक्रिय रहेको मंचले यसअघि गएको मिति २०८० चैत २४ गते - गणगौर उत्सव, चैत २८ गते वैष्णो देवी मन्दिरमा द्वितीय दिवसको भण्डरा, बि.स.२०८१ साल वैशाख २८ गते - महाकुम्भ मेलामा रु १५००० पानीको सेवा संगै २०८१ जेठ १९ देखि २५ गतेसम्म निशुल्क "साप्ताहिक योग शिविर" सन्चालन गरीसकेका छन ।