शनिवार धरानमा तीव्र हावाहुरीको चेतावनी,  उच्च सतर्कता अपनाउन आग्रह

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत ६ गते।

धराने मिडिया : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग कार्यालय धरानले शनिवार नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भयङ्कर हुरीबत्तास आउने पूर्वानुमानको जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार चैत ७ गते शनिबार विराटनगर, धनकुटा र धरान आसपासका क्षेत्रमा करिब १११ किमी प्रतिघण्टा वेगको तीव्र हावाहुरी चल्न सक्ने सम्भावना छ ।

हुरीबत्तासले रुख ढल्ने, कमजोर संरचनाको घर, छाना उडाउने, बिजुलीको पोलहरू ढालेर विद्युत् सेवा अवरुद्ध गर्ने, साथै सञ्चार सेवा समेत अवरुद्ध हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय धरानले जनाएको छ ।

कोश प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना पनि रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

adsfnaksh892yrhiweuf