करेन्ट लगाई माछा मार्ने क्रममा १९ बर्षीय राईको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : इलाम घर भई हाल झापा दमक नगरपालिका-३ धिमाल टोल बस्ने १९ बर्षीय मौषम राईको करेन्ट लागेर मृत्यु भएको छ ।

दिउँसो २ बजे नजिकै रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका राईको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर