भेडेटारमा पर्यटक सहायता प्रहरीको स्थापना

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित भेडेटार चौकमा पर्यटक सहायता प्रहरी भेडेटार उद्धघाटन भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी ज्युको प्रमुख अध्यक्षतामा, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राई, बिशिष्ट अतिथिमा साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई, साँगुरीगढी गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षज्युहरु साथै बिभिन्न कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधि ज्युहरु, होटल व्यवसायी, स्थानिय मानिसहरु समेत गरी ५५/६० को उपस्थितिमा पर्यटक प्रहरी सहायता कक्ष स्थापना तथा उद्घाटन सम्पन्न भएको थियो। 

f024ffe2-3783-46d0-8324-8f8f131f22fa