धरान उपमहानगरपालिका-११ का एक युवक सहित प्रतिबन्धित लागुऔषधमा ७ जना प्रहरीको नियन्त्रणमा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अपरान्ह अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान उपमहानगरपालिका-११ घर भएका २१ बर्षीय अर्जुन बराईलीको कोठाबाट ट्रामाडोल २४ सय २० क्याप्युस फेला पारी उनलाई नियन्त्रणमा लिएको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट हिजो दिउँसो बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-४ स्थितबाट लागुऔषधको कारोबारमा संलग्न धनकुटा नगरपालिका-६ का ३० बर्षीय प्रितम राई, ३६ बर्षीय अमिर सुब्बा र ईनरुवा नगरपालिका-४ का ३२ बर्षीया लिला देबी यादबलाई ७ ग्राम ४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नेपाली रुपैया १ लाख ५ हजार र बा.१३ च २८५५ नम्बरको स्कार्पियो गाडी समेत नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय काँकडभीट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ कमल गाँउपालिका-४ का ४१ बर्षीय धन बहादुर लिम्बुलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी हिजो साँझ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीको टोलीले पाख्रिबास नगरपालिका-३ का २७ बर्षीय सरोज तामाङ र २३ बर्षिय पवन बस्नेतलाई ९३५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित धनकुटा नगरपालिका-१ त्रिशुले स्थितबाट नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर