तिजलाई लक्षित गरि रचनाको "बिलौना" बोलको गित सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : नेपाली महिलाहरुको महान चाड तिजलाई लक्षित गरि गायिका रचना रिमालले "बिलौना" बोलको नयाँ गित आफ्नो युटुब च्यानलमा सार्वजनिक गरिकी छिन।

शुक्रबार विहान करिब ६ बजे उनले आफ्नो युटुव च्यानल रचना रिमालमा यो गित सार्वजनिक गरेकि हुन।

रचनाको आफ्नो स्वरमा रहेको उक्त गितको शब्दकार नारायण ग्यवालि हुन भने संगित शिव हमालको रहेको छ।

राजेश घिमिरेको निर्देशनमा निर्माण भएको उक्त संगीत भिडियोमा कलाकार रचना रिमाल, बद्रि पङ्गेनी, पवित्र अधिकारी र अनुपा बिष्ट रहेका छन भने बाल कलाकारमा प्रवानजल क्षेत्री, मिलन बस्याल र आयुशि बस्याल रहेका छन।

पछिलो समय सामाजिक सञ्जाल निकै सक्रिय रहेकी रचनाको आफ्नो युटुव च्यानलमा यो महिना चौथोँ  गित सार्वजनिक भएको हो।

दस दिन अगाडि उन धार्मिक महिना स्रावनलाई ध्यानमा राखेर "हर हर महादेव" बोलको गित रिलिज गरेकी थिइन।

यो साल तिज भदौँको २१ गते शुक्रबारको दिन रहेको छ।