धरान र साँगुरीगढी समन्वयमा भेडेटारमा स्काईवाक निर्माण

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा भेडेटारमा स्काईवाक निर्माण भएको छ।

शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहका बिच उद्घाटन गरेपछि ‘स्काई वाक’ सर्वसाधारणका लागि खुला गरिएको थियो। 

कोरोना महामारीले समग्र पर्यटन क्षेत्र थला परेको बेला कोशी प्रदेश कै प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा भने करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण भएको हो। 

चार वर्ष पहिले सम्झौता भई निर्माण थालिएको स्काईवाकको उचाइ एक सय, चौडाइ चार मिटर र घुम्तीमा १० मिटरको रहेको छ ।

वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए ।

भेडेटारस्थित चार्ल्स प्वाइन्टमा यसअघि निर्माण गरिएको टावर विस्थापित गरेर सोही स्थानमा स्काईवाक निर्माण गरिएको हो।

28b63480-47ce-497a-9e86-c71deb0deb91