धरानको १० नं. वडा अध्यक्ष विवेक राईले आफ्नो दुई महिनाको तलबभत्ता सहयोग

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानको १० नं. वडामा संचालित ४५ दिने धिमे बाजा प्रशिक्षण कार्यक्रमलाई वडा अध्यक्ष विवेक राईले आफ्नो दुई महिनाको तलबभत्ता ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन।

अध्यक्ष राईले श्रावण १२ आयोजित धिमे बाजा प्रशिक्षण उद्घाटन कार्यक्रमलाई सम्बोधनको क्रममा दुई महिनाको तलब भत्ता बराबरको रकम ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हु्न । 

नेवार एकता समाज धरान-१०, नेवाः देय दबू, नेवाः मिसा दबूको संयुक्त आयोजना र नेवा: सांस्कृतिक उत्थान मञ्चको सहयोगमा धिमे बाजा प्रशिक्षण संचालन भइरहेको छ । 

561c2a5b-f81a-4532-892a-6c82afe8a835

प्रशिक्षण कार्यक्रममा बालबालिका, किशोर किशोरी, युवायुवती सहित वडा नं. १० का ५० जनाभन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

बहुजाति, बहुभाषी र बहुसंस्कृति रहेको धरानमा नेवार एकता समाज, नेवाः देय दबू, नेवाः मिसा दबू, नेवाः सांस्कृतिक उत्थान मंच लगायतका संस्थाहरुले धिमे बाजा, नृत्य तथा भाषाको प्रशिक्षण कार्यक्रम धरानका विभिन्न वडाहरुमा संचालन गर्दै आइरहेको छ ।

 यस्ता कार्यक्रम मार्फत नेवार जातिको आफ्नो जातीय संस्कृतिको जगेर्ना मात्रै नभएर धरानलाई सुसंस्कृत, सभ्य र सांस्कृतिक शहर बनाउन समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । 

त्यसैगरी धरानका बालबालिका, किशोरकिशोरी, युवायुवतीहरुलाई लागुऔषध तथा दुरव्यसनबाट समेत मुक्त गराउने कार्यक्रमको उदेश्य रहेको छ।

857a2c30-b21b-4c4e-be29-7a33c7f82715