मकालु स्काउट ट्रुपद्वारा तीन दिने स्काउट क्याप आयोजना

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मकालु स्काउट ट्रुपद्वारा इटहरीमा तीन दिने स्काउट क्याप तथा दिक्षान्त कार्यक्रम आयोजना गरेको छ। स्रावन ११ देखि १३ सम्म मकालु इङलिस बोडिङ्ग स्कुल, इटहरीमा संचालन भएको उक्त कार्यक्रममा ६६ जना स्काउटको सहभागी रहेको थियो।

मकालु इङलिस बोडिङ्ग स्कुलको कार्यक्रम हलमा भएको उद्घाटन तथा दिक्षान्त कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहनगरपालिकाका उपप्रमुख तथा स्थानिय प्रमुख स्काउटर सगित चौधरीले  ब्यानर पढेर कार्यक्रमको सुरुवात गरेका थिए। 

चौधरीले आफ्नो शुभकामना मन्तव्य दिदै सहभागीहरुलाई आफुले सिकेका कुरा अरुलाई सिकाउनु पर्छ र आफू पनि सेक्ने अरुलाई पनि सिकाउदै जानु पर्ने बताइन। उनले यस्ता स्काउटि कार्यक्रम सबै स्कुलमा समावेश गरियोस र आउने दिनमा विगतका दिनहरु जस्तै सहयोग गर्ने बाचा पनि गरेकि थिइन।

0dc06c6b-9210-4b38-a56d-208ec5e5bc8f

कार्यक्रमको विशेष अतिथी नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले आफ्नो शुभकामना दिदै सहभागी नयाँ स्काउटहरुलाई बधाई ज्ञापन गरेका थिए। उनले भने," ब्याज र पोसाक लाउनु मात्रै स्काउट हैन। " र स्काउटिङलाई आफ्नो जिवनमा पनि अपनाउनु पर्ने बताए।

46bf557a-68a1-4b54-b383-7cdc029eeb51

त्यस्तै गरि कार्यक्रमको विशिस्ट अतिथि तथा इटहरी उपमहानगरपालिका स्थानिय स्काउट प्रमुख आयुक्त डा.बेणु प्रसाद सिटौलाले आफ्नो पुराना स्काउटिङका दिनहरु सम्झना गर्दै शुभकामना दिएका थिए। उनले विगतमा पुर्वाञचलको धरानमा स्काउटिङ पहिलो चोटि ल्याउदा खुशी लागेको र मात्र दुई वटा स्कुलमा स्काउटिङ रहेको बताए।

f8011f99-81e5-4664-b239-c67921d6a5ac

कार्यक्रममा विशिस्ट अतिथि कोशी प्रदेश परिसद सद्स्य गोपाल पौडेल, स्थानिय प्रमुख आयुक्त वराहक्षेत्र चेतनाथ भट्टराई, स्थानिय स्काउटर धरान उपमहनगरपालिका सुर्य कुमार सुनुवार, अनुज भट्टराई, स्थानिय स्काउटर इटहरी सदस्य शिव प्रसाद भट्टराई, वसन्ता दंगाल, स्काउट लिडर रेजिना चौधरी, एलिना चौधरी, लक्ष्मी थापा र सन्तोष कोईरालाको उपस्थिति रहेको थियो। 

105cbbe7-6bb9-4497-a5d4-ac538ad5bc48

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य इटहरी कार्यसमिति सदस्य बशन्ता दङ्गालले दिएकी थिइन भने कार्यक्रम संचालक स्काउटर लिडर रन्जना शर्माले गरेका थिए।

e3a90f02-6ce2-4354-89e8-bf51816633dd

अन्त्यमा आफ्नो शुभकामना मन्तव्य दिदै कार्यक्रमका अध्यक्ष तथा मकालु स्काउट ट्रुपका इकाई अध्यक्ष थानेश्वर ढकालले सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए। उनले २०४३ साल देखिको स्काउटिङको अनुभव साझेदारी गर्दे इटहरी उपमहनगरपालिकाका उपप्रमुख तथा स्थानिय प्रमुख स्काउटर सगित चौधरीको सहयोगमा इटहरीको सम्पुर्ण स्कुलमा स्यस्ता तालिमको प्रयास गर्ने बताए। 

5571a8db-6466-4d98-8953-1afba42b5a256d5e7354-a8ac-4c66-b463-61c7a1067880