धरानको डस्विनमा नवजात शिशुको शव फेला

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर डस्विनमा नवजात शिशुको शव फेला परेको छ ।

विहान करिव ६ बजे तिर सरसफाइकर्मीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडी शव फेला पारेका थिए ।

उनले यश बारेमा सुरुमा वडा नं १८ का जनप्रतिनिधिहरुलाई खबर गरेका थिए र त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए ।

प्रहरीले शिशुको शवको हातमा भएको ट्यागको आधारमा मृत शिशुको आमाबुबा पत्ता लगाएका थिए ।

शिशुको बुबा सप्तरीका योगेन्द्रकुमार रामलाई प्रहरीले गाइनो वार्डबाट ल्याएर शव देखाउदा आफ्नै मृत छोरी हो भनेर स्वीकारेका थिए ।

गर्भमा ५ महिनाको मात्र बच्चा थियो र शव नवजात छोरी रहेकोको छ ।

शिशुको मृत्यु भएको प्रमाणपत्र ल्याएपछि अन्त्येष्टीको लागि जिम्मा लगाउने ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।