धरानमा बोलबममा भिड, मिसेस धरान आइकोन विषेश उपस्थिति

समाचातदाता : गोपाल पौडेल

धराने मिडिया : धरानको इतिहासिक धार्मिक स्थल पिडेश्वर मन्दिरमा श्रावणको दोस्रो सोमबार पनि भक्तजनको भिड देखिएको छ । श्रावण १४ गते सोमबार धरानका स्थानीय देखि देशभरका भक्तजनको भिड देखिएको थियो ।

बोलबममा सोमबार विभिन्न संस्थाहरु आ-आफ्नो तर्फबाट विभिन्न सहयोग पनि राखेका थिए।

त्यस्तै  यस सोमबार धरानमा चलिरहेको मिसेस धरान आइकोन २०२४ प्रतियोगीहरुको विषेश उपस्तिथि रहेको थियो ।

 उनिहरुले आफ्नो प्रतियोगितामा तालिमको क्रममा विभिन्न कार्यक्रममा भाग लिदै सहयोग पुरै आइरहेको छन ।

8c3a5b87-4b2d-42eb-b915-24679343286a

त्यस्तै यसै सोमबार बोमबममा धरानका मेयर हर्क राज राई (सापाङ)को पनि विषेश उपस्थिति रहेको थियो ।  उनले बोलबममा सहयोगको रुपमा रहेका विभिन्न संस्थाहरुको स्टलमा गई अबलोकन गरेका थिए। 

अबलोकन कै क्रममा मेयर साम्पाङ मन्दिर भित्र गएर दर्शन गरेर भक्तजनहरु सऀग फोटो पनि खिचाएका थिए ।

e0dfc085-4b7b-4da2-bb2a-c1227a71e365

 उनले मन्दिरका संचालक समिति सऀग छलफल गर्दै मन्दिरको विकासकोलाई नगरपालिका सकारात्मक भएको र केही सहयोग आवश्यक परेको खण्डमा कार्यलयमा भेट्न् पनि अनुरोध गरेका थिए।

यसपालि दर्शन गर्न आएका भक्तजनको लाइन व्यवस्थापन केही परिवर्तन आएको छ भने ट्राफिक व्यवस्थापन पनि सुधार देखिएको छ ।

e7aa3764-3628-4869-a982-910eff4e0eeb