सुनसरीमा ११५ किलो ठुलो परिमाणको लागुऔषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडि सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

साँझ ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउँपालिका-१ का ३२ बर्षीय राम कुमार राई र गाडीमा सवार २२ बर्षीय बुद्ध लिम्बु समेतलाई नियन्त्रणमा लिईएको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेका दुबैजनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर