लागुऔषध सहित ९ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ बर्षीय रमेश देउजा र ३४ बर्षीय बिक्रम भन्ने पूर्ण बहादुर परियार रहेका छन् ।

पक्राउ परेका मध्येबाट ट्रामाडोल २२४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाईजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल र ब्रुपिनोर्फिन १० एम्पुल लागुऔषध बरामद भएको छ । 

पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर