कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। 

आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयबाट नतिजा सार्वजनिक गरिएकाे हाे। बाेर्डका अनुसार परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड) भएका छन्।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।