२६ मिनेट लामो "७ भाई की चेलि है माया" तिज गित

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : नेपाली महिलाहरुको महान चाड तिजलाई लक्षित गरेर विगत केहि दिन यता युटुभमा नयाँ गितहरु आउने क्रम जारी रहेको छ।

नेपालमा तिज आउनु एक महिना अगाडि देखि नै नाचँ गान गरेर तिजको शुभकामना कार्यक्रम गर्ने चलन बढ्दो रहेको  छ। विषेश गरि शहर तिर यस्तो देख्ने सकिन्छ।

त्यहि कुरालाई ध्यानमा राखेर विभिन्न गायक गायिकाहरुले बजारमा तिज आउनु एक महिना अगाडि नै नयाँ नयाँ तिज गितहरु सार्वजनिक गर्दै आएका छन।

हिजो मात्रै ८ जना लोक गायक गायिकाहरु मिलेर २६ मिनेट लामो तिज गित सार्वजनिक गरेका छन। "७ भाई की चेलि है माया" शिर्षकको उक्त गितमा लोक गायिका सुनितामि परियार, लोक गायक बद्रि पङ्गेनि, पशुपति शर्मा, राजु परियार, सुर्य खड्का, विशाल राइमाझी, राजु सापकोटा र मोहन परियारले स्वार दिएका छ।

अत्यन्तै मिठो शब्द संगीतको साथमा निकै रमाइलो रहेको म्युजिक भिडियो हिजो लोक गायिका सुनितामि परियारको युटुभ च्यानल "Sunitami Pariyar" मा सार्वजनिक गरिएको थियो। 

तिज को नाममा बिकृती  भित्री रहेको बेला मौलिक संस्कृति जोगाउने म्युजिक भिडियो सार्वजनिक गरिएको हो। शिव हमालद्वारा लेखिएको गितमा संगीत गायिका सुनितामि परियार्को रहेको छ। 

जेरि भण्डारीद्वारा निर्देशन गरिएको भिडियोमा कलाकारहरु सुनितामि परियार, बद्रि पङ्गेनि, पशुपति शर्मा, राजु परियार, सुर्य खड्का, विशाल राइमाझी, राजु सापकोटा, मोहन परियार,  भेस केसी, सनगम शर्मा र सनगित परियार रहेका छन।