मनोरञ्जनका साथ मिसेस धरान आइकोन २०२४ को ट्यालेट शो सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : एल एड सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन २०२४ सिजन एक को ट्यालेट शो यहि श्रावन १९ गते उद्योग वाणिज्य सघको सभा हलमा सम्पन्न भएको छ ।

नेपालको राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

6a98dc79-c1b9-4c71-96af-80cf39fd3fca

Aidra Bikram Begha

उद्घाटन पछि स्वागत मन्तव्य दिदै आयोजक कम्पनीका सि.ई.ओ दिपक गिरिले सम्पुर्ण उपस्तिथिलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको संचालन रोजिना लामिछाने र ११ वर्षीय रिङ्चेन तामाङले मिलेर गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि उपमेयर वेघाले आफ्नो शुभकामना मन्तव्य दिदै समाजको मोडेलिङलाई हेर्ने दृश्टिकोन बदलिदै आएको बताए । उनले यस्तो प्रतियोगिताले अझै मानिसहरुमा जागरुक ल्याएको र समाजलाई जोड्न सहयोग गरेको बताए।

bb973d65-a522-4ecd-9a2b-96ba52596d70cc2ec851-08ae-4f0c-a137-00c562a19c58

उनले भने, "अनुहार राम्रो भएर भात्र हुदैन विवेक हुनु पर्छ, विवेक मात्र राम्रो भएर हुदैन सस्कार हुनु पर्छ, सस्कार मात्र राम्रो भएर हुदैन जीवन निर्वाह गर्ने कला हुनुपर्छ।"

उक्त कार्यक्रममा नृत्य कोरियोग्राफर रेमा थापा मगर, मिसेस प्रदेश-१ २०१८ का  सेकेन रनरअप निरा सङ्कर, राष्टिय कलाकार अम्बिका दवाडि, शिक्षाविद् सुरेखा राई, राष्टिय गायिका पम्पा चहार र राष्टिय कलाकार सङ्गिता प्रधान निर्णायकहरु रहेका थिए।

ead52cf6-c347-4c23-9562-acde0301a4dc3094f6f0-b613-4840-b7a2-ac0cbac4ce482979d392-d346-4cc5-b2ca-b8912762b9af