भोलि बोलबमको तेस्रो सोमबार, राति देखि नै भक्तजनहरुको गुईचो 

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : भोलि अर्थात श्रावनको २१ गते २०८१ साल बोलबमको तेस्रो सोमबार धरान-१४ स्थित पिडेश्वर मन्दिरमा राति देखि नै दर्शन गर्न आउने भक्तजनहरुको घुईचो देख्न सकि्न्छ।

यस वर्ष बोलबमको चार सोमबार मध्य भोलि तेस्रो सोमबार रहेको छ। हरेक वर्ष झै यस वर्ष पनि पिडेश्वर मन्दिरमा जल चडाउने भक्तजनको राम्रै उपस्थिति रहेको छ।

9e3e9bd7-9863-4fee-b62c-efaba5c2777e

सोमबार विहान भिड हुने कारण जल चडाउने आउने मध्य कैयौ भक्तजनहरु राति नै मन्दिर भित्र लाईन बस्ने गर्दछन।

करिब ४२ वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको हो।

नियमित हरेक वर्ष श्रावन माहिनामा चल्दै आएको बोलबम बिचमा कोरोनाका कारण केहि असर परेको थियो भने अहिले आएर दर्शन गर्न आउनेको भिड बढदो क्रम रहेको छ।

d0a3554e-bb08-4b90-9976-7ad0083a1df9

पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पुर्‍याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ ।