मिस नेपाल- २०२४ बनिन् आस्मा कुमारी केसी

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : आस्मा कुमारी केसी सन् २०२४ की मिस नेपाल बनेकी छन्। शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल बनेकी हुन्।

२६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता शृच्छा प्रधानले ताज लगाइदिइन्। 

उपाधिका लागि सेमिफाइनलमा आस्मा केसी, सिम्रिका मानन्धर, प्रेरभिता स्वार, श्रद्धासुमन सिलवाल, करुणा रावत र सुमन केसीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

२६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा ११ निर्णायकहरू डा. रूपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्माचार्य, साहारा बस्नेत राणा, दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे र सकुन भण्डारी थिए।