धरान उप-महानगरपालिका-८ मा बेवारिसे अवस्थामा लागुऔषध बरामद 

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  BR38D 7889 नम्बरको मोटरसाईकलमा सवार रहेका चालक रंगेली नगरपालिका-७ का २४ बर्षीय अबय शांह र सुनबर्शी नगरपालिका-७ का १९ बर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित र कानेपोखरी गाउँपालिका-२ बाट BR38AB 4135 नम्बरको मोटरसाईकल चालक भारत अररीयाका २१ बर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सगुर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ स्थितबाट स्थानीय २७ बर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-८ स्थितमा बेवारिसे अवस्थामा ट्रामाडोल ९ हजार १०० क्याप्सुल बरामद गरेको छ । 

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर