सरसफाई अभियान २ सय सप्ताह पुरा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : सेवक अभियानको सरसफाई अभियान २ सय सप्ताह पुरा भएको छ ।

धरान-३ को पिडेश्वर मन्दिर प्रवेशद्वार देखि पिडेश्वर मन्दिरको मुल गेटसम्म भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईद्र विक्रम वेघा रहेका थिए।

उनले उपस्थित सहभागी संस्थाहरुलाई स्वागत गर्दै कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिएका थिए। आफ्नो छोटो भाषण दिदै उनले भने,"म सफा गर्न आको हो भाषण गर्न आको हैन"।

749d0bc6-8727-4eb2-b5ee-c62f539090f0

त्यस्तै उनले आयोजन संस्था सेवक अभियानलाई विगत लामो समय देखि यस्ता अभियान मार्फत धरानलाई सफा राखेकोमा धन्यवाद दिएका थिए।

कार्यक्रम सेवक अभियानका सचिब खगेन्द्र कुवारले संचालन गरेका थिए। उनि संस्था स्थापना भएको १० वर्षा देखि निरन्तर यसै संस्था कार्यरत छन।

सेवक अभियान तथा उक्त कार्यक्रमको अध्यक्ष राजिव हल्वाईले कार्यक्रमको बारे विस्तृत जानकारी दिदै सो कार्यक्रम सम्मापन गरेका थिए। 

a9bf9baa-d345-4a23-be68-7b156ef447a4

कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठन, हातेमालो उध्यमी महिला समूह, स्वतन्त्र नागरिक समाज, फुलबारी आमा समूह, वातावरण महिला संघ, त्रिवेणी महिला समूह र एभरेस्ट वातावरण सामुदायिक महिला समुहको उपस्थिति रहेको थियो ।

हप्ताको हरेक सोमबार धरानको विभिन्न ठाउँमा सरसफाई गर्दै आएको सेवक अभियानले यसै सोमबार २०० हप्ता पुरा गरेको हो।

a8b27b0e-7b76-486c-baec-4f1107ef770db71b986f-8698-4eba-877f-c7a4ee7b5713b65d1441-a275-408e-ae3a-81de19ce4c49