स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको रंगेली नगरपालिका-२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् । बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो ।

घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको थियो । 

घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका-१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर