धरान-१७ का २७ बर्षीय बुढाथोकी सहित लागुऔषधमा ७ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट  रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २ का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्वाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यसैगरी मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र.१-०२-०४८-प९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर ४ का २० बर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका  ३५ वर्षिय सरोज बुढाथोकीलाई ४९० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पथरीबाट  खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४ का ३० बर्षीय हिमाल खतिवडा र ३७ वर्षिय नर बहादुर दाहालललाई ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

 लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर