धरान स्थानिय परिषद्को बैठक सम्पन्न
समाचारदाता : सुर्य सुनुवार
धराने मिडिया : नेपाल स्काउट धरान स्थानीय परिषद्को बैठक सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख तथा स्थानीय प्रमुख स्काउटको अध्यक्षतामा धरान स्काउट कार्यालयमा भदौ २३ गते बैठक सम्पन्न भएको हो ।
बैठकमा विशेष उपस्थिती नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शुशील राई, कोशी प्रदेश परिषद् सदस्य गोपाल पौडेलको रहेको थियो।

परिषद्ले धरानको वार्षिक योजना, परिषद्को रिक्त पदहरुमा मनोनयन सिफारिस, धरान स्काउटका विकासका लागि आवश्यक निर्णयहरु पारित गरिएको थियो ।




















