मेलिना राईको "ए पर्देशी कान्छा"

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : गायिका मेलिना राईको नव निर्मित गित "ए पर्देशी कान्छा"को गीतात्मक भिडियो सार्वजनिक भएको छ।

गत शनिवार भदौ ५ गते मेलिना राईले उक्त भिडियो आफ्नो युटुब च्यानलमा सार्वजनिक गरेकि हुन। ४ मिनेट ८ सेकेन लामो रहेको भिडियोमा मेलिना राईको आफ्नै शब्द, संगित र स्वर रहेको छ।

भिडियोमा मध्य राति एक युवती केटि आफ्नो कुकुरका साथ चन्द्रमामा हेरेर आफ्नो मायालाई सझिरहेको देख्न सकिन्छ।  पर्देशमा रहेको आफ्नो मायाको सम्झनामा बनेको उक्त गितले देखाइएको चित्रलाई साथ दिएको छ। 

करिब ५ महिना पछि मेलिना राईले आफ्नो युटुब च्यालनमा नयाँ गित ल्याएकि हुन। हल उनको च्यालनमा ५ लाख भन्दा बढि सस्क्राईबर रहेको छ।