धरानमा बोलबमको तेस्रो सोमबारको रौनक

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : २०८१ साल बोलबमको तेस्रो सोमबार धरान-१४ स्थित पिडेश्वर मन्दिरमा भक्तजनको भिडभाडले रौनक बढेको छ ।

यस दिन अन्य सोमबार भन्दा मन्दिर परिषदमा चहलपहल बढेको र जल चढाउन आउनेको सख्या पनि वृद्धि भएको देख्न सकिन्छ ।

IMG-20240809-WA0017

भक्तजनहरुको विश्वास प्रगाढ बन्दैगएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ ।

करिब ४२ वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको हो।

IMG-20240809-WA0015

नियमित हरेक वर्ष श्रावन माहिनामा चल्दै आएको बोलबम बिचमा कोरोनाका कारण केहि असर परेको थियो भने अहिले आएर दर्शन गर्न आउनेको भिड बढदो क्रम रहेको छ।

IMG-20240809-WA0019

भक्तजनहरुलाई धरानका विभिन्न संघसंस्थाहरुले निःशुल्क पानी, स्वास्थ्य शिविर, फलफुल वितरण र खाजा पनि वितरण गरिरहेका छन् ।

IMG-20240809-WA0018

पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पुर्‍याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ ।