लागुऔषध सहित ७ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : झापा, मोरङ, सुनसरी र इलामबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

दिउँसो झापाको दमक ३ स्थितमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय १९ बर्षिय लोकेन्द्र धिमाल र मोरङ उर्लाबारी-१ का २३ बर्षीय पवन नेपालीलाई निषेधित औषधी २ सय ३० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०२-०४३ प २४४७ नम्बरको मोटरेसाईकलमा सवार मोरङ बेलबारीका ४० बर्षीय सुरज गुरुङ  र ४१ बर्षीय डिम कमल राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र १५ पिस ट्याब्लेट सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ बाट शिव कुमार मेहतालाई ५ किलोग्राम ६९० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका-९ की २१ बर्षीया आनिशा राईलाई  ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पशुपतिनगरले माईजोगमाई गाउँपालिका-२ का २५ बर्षीय समिर महतलाई ९ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर