धरानको सडक भासियो, ब्रिटिसको पालामा लगाएको फालम

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : वर्षाको कारण धरान उपमहानगरपालिका वडा नम्बर ८ स्थित तीन द्वाङ्गे पुल भासिदा आवागमन अवरुद्ध भएको छ ।

बुधवार बिहान ३ बजेको समयमा सामान्य वर्षाको समयमा धरान-८ बौद्ध दाहसंस्कार छेउ स्थित ३ ढ्वाङ्गे पुल माथिको बाटो भत्किएको हो ।

२०१७ सालमा लगाएको ड्वाङ्माथि एकपछि अर्को सडकको गिटी बालुवा थपिँदै जादा बढी भार भएपछि ड्वाङ् भासिएको कुरा स्थानीय खड्ग बिश्वकर्माले जानकारी दिए ।

063abd7c-cc1d-42ca-9274-7b17a911677f47ca5f08-1131-48d3-894e-5b3f8a382f59

बाटो घोपा क्याम्पको समयमा बेलायती सरकारले पुल बनाएको हो । हालै मात्र नेपाल सरकारको लगानी २ लेनको मदन भण्डारी राजमार्ग बाटो बनाई कालो पत्रे समेत भएको हो ।

पुल भत्किएको कारण तीनढ्वांगे खहरेको पानी थुनिएर वस्ती डुबानको जोखिममा परेको भन्दै स्थानीयबासीले चिन्ता पनि प्रकट गरेका छन् ।

a67252ff-7d7c-4c6f-b013-e7d1d027b331a0dc0591-b673-458c-b8e6-a4b9e79f84f5618ddea0-f3b4-4a13-832c-81342de6539c