कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत  आसामका ५५ बर्षीय हुपेनर कठेत रहेका छन् । राती पौने ११ बजे को.१ च ५८७३ नम्बरको कारले पैदल यात्री कठेतलाई ठक्कर दिंदा घाईते भएका कठेतको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । 

दुर्घटनामा संलग्न कार र चालक दमक नगरपालिका-१३ झापाका ३० बर्षीय सुजन थापालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धन गरिरहेको  छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यलय, विराटनगर