धरानको पिण्डेश्वर मन्दिरमा महाआरतीको छैटौं दिन पुरा

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा महाआरति संचालन भएको छौटौं दिन पुरा भएको छ।

धरान उपमहानगरपालिका १४ न. वडा र श्री पिण्डेश्वर बाबाधाम समिति धरानको संयुक्त आयोजनामा २०८१ श्रावन महिनाको २१ गते देखि धरानको पिण्डेश्वर मन्दिर स्थित सरस्वती सरोवर परिसरमा हरेक साझ ६ बजे निरन्तर महाआरति चलिआएको छ।

23e5edbc-44d1-4e83-8d54-012cc5e072bb

धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले श्रावन २८ गते सोमबार सम्म निरन्तर आरति चल्ने जानकारी दिएका छन। 

उनले भने, "श्रावन महिना भरि आरति चलाउने योजना थियो तर आर्थिक अभावले गर्दा गर्न नसकिएला जस्तो छ, पैसा सकलन भयो भने श्रावन महिना भरि आरति संचालक हुनेछ"। 

पिण्डेश्वर मन्दिर धरानको बिजयपुरमा अवस्थित छ। पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पुर्‍याएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ।

d94d492a-cda2-4707-b691-ac4755ab8514

यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ। यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ।

वि.सं. २०७४ सालको श्रावण महिनामा धरानको पिण्डेश्वरमा पनि आरती हुन थालेको हो।

cb7279a1-99c3-4317-a79c-5fa0966caf38